अपाङ्गहरुका लागि अभिमुखिकरण कार्यक्रम सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ माघ २५ गते आइतवार

घोराही :  नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाको आयोजना तथा घोराही उमहानगरपालिका वडा नं. ११ को सहयोगमा वडामा रहेका अपाङ्गता भएकाहरुलाई अभिमूखिकरण दिन थालिएको छ ।
दुई दिनसम्म संचालन हुने तालिमको उद्घाटन वडा नं. ११ का अध्यक्ष कुलबहादुर लामिछानेले गरेका थिए । तालिम उद्घाटन गर्दै लामिछानेले वडा नं. ११ मा रहेका अपाङ्गता भएकाहरुलाई सहायक सामग्री दिने कार्यक्रम अघिल्लो बर्ष संचालन गरेकोमा यस बर्ष अभिमूमिकरण कार्यक्रम संचालन गर्न थालिएको बताए ।

अपाङ्गता भएकाहरुलाई राज्यको मुल प्रवाहमा ल्याउनका लागि अभिमूखिकरणले सहयोग पुग्ने विश्वास उनको थियो । अपाङ्ग संघका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा नं. ११ का सदस्यहरु चित्रवहादुर डाँगी, ज्ञानेन्द्र बहादुर विसी लगायतले बोलेका थिए ।  कार्यक्रमको संचालन सचिव भुमा चौधरीले र स्वागत कोषाध्यक्ष बसन्त भट्टले गरेका थिए । तालिममा वडाका २० जना अपाङ्गहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार