लक्ष्मण बस्नेत
तुलसीपुर : दाङ तुलसीपुर २ बालापुरमा बिहीवार देखि संचालन हुने भनिएको जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगिता २०७७ माघ २३ गते शुक्रबार देखि सुरु हुने भएको छ ।
सक्सेस फुटबल क्लब तुलसीपुर दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका २ र दङ्गीशरण गाउँपालिका ५ को संयुक्त तत्तवधानमा हुन लागेको प्रतियोगिता नेकपा प्रचण्ड – माधव समूहले माघ २२ गते बिहिवारका लागि घोषणा गरेको आमहडताल कारण एक दिन पछि सारिएको आयोजकले जानकारी दिएको छ । आमहडतालका कारण सवारीका साधन ठप्प रहन सक्ने र प्रतियोगितामा सहभागी टिम तथा खेलाडी उपस्थित हुन नसक्ने स्थिती सृजना हुने भएकाले आयोजक कमिटीको बुधवार अपरान्ह बसेको आकस्मिक बैठकले उद्घाटन एक दिन पछि सार्ने निर्णय गरेको प्रतियोगिताका संयोजक ढुण्डीराज न्यौपानेले जानकारी दिए । बैठकले प्रतियोगिता को औपचारिक उद्घाटन शुक्रबार १ बजे गर्ने निर्णय गर्दै टिम दर्ता एक बजे सम्म गर्न सकिने र खेल तालिका टाईसिट दिउँसो साढे एक बजे प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।