फाइल फोटो
काठमाडौँ : नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोगमा उपस्थित भएका छन् । शीर्ष नेताहरुसहित आयोगको कार्यालय पुगेका उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आधिकारिकता दाबी गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार उक्त समूहले आयोगमा नेकपाको आधिकारिता दाबी पेस गर्ने निर्णय सोमबारै गरिएको थियो
। सोमबार बसेको उक्त समूहको केन्द्रीय समितिको बैठकले नेकपा पार्टीको आधिकारिकता र सूर्च चुनाव चिह्नमा दाबी गर्दै आयोगमा जाने निर्णय गरेको थियो । यस समूहले साविकको नेकपाका बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको दाबी गर्दै आएको छ । निर्वाचन आयोगले भने नेकपामा विभाजन स्वीकार गरिसकेको छैन । तर व्यावहारिक रुपमा भने प्रतिनिधिसभाको विघटनसँगै नेकपा विभाजित रुपमा देखिएको छ ।