देउखुरी दाङ : समुदाय र प्रहरीका विचको दुरी कम गर्दै आपसी सरसहयोग तथा घटना न्युनिकरणका लागि संवाद गरिएको छ । मधेस मानव अधिकार मञ्च माहुरी होमको आयोजनामा भएको एक दिने समुदाय र प्रहरीका विच भएको संवादले स्थानिय तवरमा हुने विभिन्न घटना न्युनिकरण गर्दै लैजान तथा दोषिले सजाय तथा पीडितले न्याय पाउन सहजहुने उदेश्य राखीएको छ । गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीको प्रमुख आथित्यतामा भएको समुदाय प्रहरी विचको संवादमा निगरानी समुह, मेलमिलापकर्ता, प्रहरी, बालबालिका, महिला समुहका पदाधिकारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाकामा न्याय, सुरक्षा र सुशासनको क्षेत्रमा काम गर्दै आएको युके ए आइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले नागरिक सचेतनाका कार्यक्रम समुदायमा सञ्चालन गर्दै आएको छ । माहुरी होम द्धारा पछिल्लो समयमा लैंगिक हिंसामा परेकाहरुलाई न्याय सम्पादन हुदा सम्मको लागि सुरक्षित राख्नको लागि लैंगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रलाई आवस्यक सामाग्री उपलब्ध गराईएको मधेस मानव अधिकार मञ्च माहुरी होमका सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिइन् ।