• २०७७ फाल्गुन १६ गते आइतवार

कांग्रेस नेता स्व. खड्कको तेश्रो स्मृतिमा राष्ट्रिय स्तरको टेबल टेनिस खेल हुदैँ

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ५ गते बुधवार

दाङ :  दाङमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा दाङको तुलसीपुरमा आउँदो चैतको १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुने भएको छ । युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । गुमनाम रहेका खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको युथस अफ तुलसीपुर अध्यक्ष बसन्त गिरीले बताए । उनका अनुसार पछिल्लो समय प्रविधि बढेसंगै धेरै युवाहरु मोवाइलमा विभिन्न खेलहरु खेल्ने गर्दा बाहिरको खेलहरु बिर्सदै गइरहेको अवस्थामा युवाहरुलाइ जागरुक बनाउन आयोजना गर्न लागेको हो । उनले भने ,‘ अहिले धेरै युवाहरु भित्रको खेलहरुमा रमाइरहेका छनतर, बाहिरका खेलहरु धेरै छन् । ति खेलहरुको लोकप्रियता घट्दै गइरहेको छ । खेलकुदले नै देश र ब्यक्तिलाई चिनाउने हो । म पनि सितोरिय करातेको खेलाडी हु । नेपालको सबै भन्दा कम उमेरमा ब्लाक बेल्ड पाउने ब्यक्ति हु । तर, राज्यले खेलाडीहरुले उचित सम्मान गर्न सकेको छैन्। जसको कारण धेरे खेलाडीहरु खेल क्षेत्रबाट बाहिरीन बाध्य भएका छन् ।’

जिल्लामा हुन लागेको आयोजनाले दाङका टेबुल टेनिस खेलाडीहरुलाई हौसला मिलेको र टेबल टेनिस खेलमा विकास हुने दाङ जिल्ला टेबुल टेनिस संघका जिल्ला अध्यक्ष सिताराम शर्माले बताए । उनले जिल्लामा अहिले ५० जना खेलाडीहरु रहेको समेत बताए । त्यस्तै, उनले खेलाडीहरुले खेलकुद सामाग्रीहरुको अभाव हुने गरेको बताए । ‘ खेलाडीहरुलाई नियमित प्रशिक्षण भइरहेको छ,’उनले भने,‘ ति खेलाडीहरुलाई केन्द्र, प्रदेश र स्थानियतहबाट सामाग्रीहरु पाइदैन् । तर, हामीले समस्या बाबजुद पनि खेलाडीहरुलाई प्रशिक्षक दिइरहेका छौँ ।’ प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने छ । ३ वटा विभागिय टिम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना टिम तथा प्रतियोगितामा २५ जिल्लाबाट गरि १ सय ५० जनाको खेलाडी र अन्य ब्यक्तिहरु गरी करिब २०० जनाको सहभागिता रहेने खेल संयोजक अरुण लहरेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा २३ लाख भन्दा बढि रकम खर्च हुने छ । महिला र पुरुष गरी ८ वटा प्रतियोगिता हुने र त्यसका लागि ४ लाख ६० हजार पुरस्कार रहेको समेत उनले बताए । त्यस्तै, मेडल, प्रमाणपत्र, खेलाडीहरुको लागि यातायता, बस्नको लागि ब्यवस्था गर्न पनि खर्च भएको उनले बताए । त्यस्तै, दाङ निवासी स्वर्गीय नेता खड्काको सम्मानसँगै उनको योगदानलाई नयाँ पुस्तालाई चिनाउने उद्देश्यले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागेको समेत उनले बताए । यस प्रतियोगिताले दाङको खेलकुद क्षेत्रको विकाससँगै स्वर्गीय नेता खड्काको सम्मान गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार