• २०७७ फाल्गुन १६ गते आइतवार

सुनको भाउ प्रतितोलामा ११ सय रुपैयाँले घट्यो

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ५ गते बुधवार

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोलामा ११ सय रुपैयाँ घटेको छ । मगंलबार प्रतितोला ९० हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाल सुनको भाउ बुघबार ११ सयले घटेर ८९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।   ७ महिनापछि सुनको मूल्य बुधबार पहिलो पटक ९० हजार भन्दा तल झरेको हो । कोरोना महामारीपछि लगातार उकालो चढेको सुनको मूल्य १ लाख माथि समेत पुगेको थियो । सुनको मूल्यमा भारी गिरावट हुँदा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ भएको छ । मंगलबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार