• २०७७ फाल्गुन १६ गते आइतवार

जिल्ला स्तरिय खो खो प्रतियोगिताको उपाधी तुलसीपुरले

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १ गते शनिवार

लक्ष्मण बस्नेत
तुलसीपुर  दाङ तुलसिपुर अरनिको मैदानमा संचालित दोस्रो जिल्ला स्तरिय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को उपाधी तुलसीपुरले हात पारेको छ । जिल्ला खो खो संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको पुरुष तर्फ आयोजक तुलसिपुर ‘ए’ ले सहिद स्मृति आबासिय माध्यामिक बिद्यालय ‘ए’ लाई फाइनलमा ७ का विरुद्ध १२ अंक स्कोरले पाखा लगाउदै तुलसीपुरले उपाधी हात पारेको हो । त्यस्तै, महिला तर्फ सहिद स्मृति आबासिय ‘बि’ लाई १० का विरुद्ध २१ अंक स्कोरको फराकिलो अन्तरले पाखा लगाउदै तुलसीपुरले उपाधी हात पारेको हो । स्थानिय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पुरुष तर्फ बेस्ट रनर सुवास रावत,बेस्ट चेजर प्रदिप रोका मगर त्यस्तै, महिला तर्फ बेस्ट रनर अमृता ओली र बेस्ट चेजर जानुका चौधरी घोषित भए । सो अबसरमा १३ आँै सागका पदकधारी खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको थियो । जस अन्तरगत दोस्रो स्थान पदकधारी दाङकी खेलाडी सुमित्रा चौधरी, तृतिय स्थानका पदकधारी खेलाडी रुन्देहीका भरत सारु मगर,बर्दियाका गौरव रोकाय, प्रशिक्षक उषा कवर मगर र सहभागी दाङका बेद वली सम्मानित भएको खो खो संघ दाङका सचिब दिपेन्द्र भण्डार ले जानकारी दिए । प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खो खो संघ का कार्यबाहक अध्यक्ष जय बहादुर घर्तीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन सचिव दिपेन्द्र भण्डरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार