• २०७७ फाल्गुन १६ गते आइतवार

अमृत बिद्या मन्दिरको खेलकुद सप्ताह सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १ गते शनिवार


दाङ : अमृत बिद्या मन्दिर स्कुल शान्तिनगरले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम सुरु गरेको छ । बिद्यालयमा अध्ययनरत छात्र र छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताहको उद्घाटन शन्तिनगर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीले गरेका थिए ।बालबालिकाको सर्बाङ्गिण बिकासको आधार स्तम्भ मानिने मानव जिवनको अभिन्न अंग खेलकुद क्षेत्रलाई समेटर लैजाने भावी योजना सहित आयोजना गरिएको खेलकुद सप्ताहमा एथलेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, छात्र भलिबल छात्रा भलिबल, कबड्डी ज्याभलीन थ्रो ,सटपुट लगाएतका सिनियर तथा जुनियर तर्फका खेल हरु हुने छन् । कार्यक्रम बिधालयका संचालक बल बहादुर केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले स्वास्थ्य र समृद्धिसंग जोडिएको खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अंग भएको बताए ।

‘ खेलाडी उत्पादन थलो बिधालय क्षेत्र हो, तपाईहरु खेलकुद क्षेत्रमा लगानी बढाउनुहोस यसले बालबालिका को सर्वाङिन बिकास को आधार स्तम्भ निर्धारण गर्छ,‘ उनले भने । साथै उनले वडा तथा गाउँ पालिका बाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
बिद्यालयका भाइस प्रिन्सीपल पवन कडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बिद्यालय प्रिन्सीपल सन्दीप भुसालले बिद्यालयको भावी नीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए, भने कार्यक्रमको संचालन बिद्यालयका शिक्षक निम बहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार