• २०७७ फाल्गुन १७ गते सोमवार

जिल्ला स्तरिय खो खो प्रतियोगिता सुरु, शनिवार फाइनल भिडन्त हुने

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ३० गते शुक्रवार


लक्ष्मण बस्नेत
तुलसीपुर :  दाङको तुलसीपुर अरनिको मैदानमा संचालित दोस्रो जिल्ला स्तरिय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को फाइनल शनिवार हुने भएको छ । जिल्ला खो खो संघको आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फ आयोजक तुलसीपुर ‘ए’ र सहिद स्मृति आबासिय माध्यामिक विद्यालय ‘ए’ फाइनल प्रवेश गरेका छन् । आयोजक तुलसीपुर ‘ए’ ले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहिद स्मृति आबासिय ‘बि’ लाई १५ का विरुद्द १६ अंक स्कोरले पाखा लगाउदै फाइनल यात्रा तय गरेको हो । त्यस्तै सहिद ‘ए’ ले साधना पाठशाला बेलुवालाई सेमिफाइनल खेलमा ७ का विरुद्ध १४ अंक स्कोरले पछाडि पार्दै आयोजक तुलसीपुर ‘ए’ संगको फाइनल भिडन्त पक्का गरेको हो । त्यस्तै महिला तर्फको खेलमा आयोजक तुलसीपुर र सहिद स्मृति आबासिय माबिले फाइनल यात्रा तय गरेका छन् । स्थानिय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता को फाईनल खेल शनिवार बिहान १० बजे हुने खो खो प्रशिक्षक उषा कवर मगरले जानकारी दिइन् ।

प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खो खो संघ का कार्यबाहक अध्यक्ष जय बहादुर घर्तीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी डाँगीले मानव जिवनको अभिन्न अंग खेलकुदको उच्च आदर्शलाई पालना गर्दै अगाडी बढ्न आग्रह गरे । सो अबसरमा दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष बालकृष्ण शाह,अनेरास्वबियुका केन्द्रिय सदस्य प्रकाश शर्मा लगाएत शुभकामना मन्तब्य राखेका थिए । कार्यक्र को संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैविच आयोजकले शनिवार हुने फाइनल खेल र प्रतियोगिताको समापन समारोहमा उपस्थिमा खेलप्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजिवि, उद्योगी, ब्यबसायी, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार