• २०७७ फाल्गुन १७ गते सोमवार

आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्रै छनोट

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ३० गते शुक्रवार

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल)को चेन्नाईमा हुने अक्सनमा नेपालका सन्दीप लामिछाने मात्रै छनोट भएका छन् ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन् ।यही फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ८ नेपाली खेलाडीको नाम सिफारिस गरेको थियो ।प्रारम्भिक सूचीमा नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो ।बीसीसीआईको सूचीमा विश्वभरबाट २९२ खेलाडी परेका छन्। अक्सनका लागि १ हजार ११४ जनाको नाम दर्ता भएकामा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ। नेपालबाट सूचीमा परेका सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ। यसअघि सन्दीपले दिल्ली क्यापिटल्सबाट आइपीएलको तीन सिजन खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार