• २०७७ फाल्गुन १६ गते आइतवार

दुई चार मान्छेले पार्टी छोडेपछि मात्रै संवैधानिक आयोग बने : प्रधानमन्त्री ओली

Author Logo..
अनलाइन राप्ती २०७७ माघ २३ गते शुक्रवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना मान्छेले पार्टी छोडेर गएपछि मात्रै आयोगहरुले पूर्णता पाएको बताए । नेकपाको बागमती प्रदेशले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा बोल्दै उनले तीन बर्ष सम्म ति मान्छेका कारणले आयोग गठन गर्न नसकेको बताए । उनले भने,‘उहाँहरुलाई आयोग बनेकोमा कस्तो पीर, बनेको भोलिपल्ट नेपाल बन्दको नाटक गरियो। प्रधानमन्त्रीले कुनै देशको नाम नलिई आफुले उत्तरको नाका खोल्दा पहिला सरकारबाट हटाइएको र अहिले नक्सा प्रकाशित गरेपछि जसरी पनि हटाउनु पर्छ भनिएको दावी गरे । आफू नेतृत्वको सरकार ५ बर्षका लागि चुनिएकोमा जसरी पनि हटाउन खोजेपछि ताजा जनादेशका लागि जाने निर्णय भएको बताए । उनले दुईचार हजार मान्छे लिएर ललकार्ने काम भएकोले सडकमा आउनु परेको बताए ।

शुक्रबारको सभा काष्टिङ मात्र भएको र साँच्चै सभा गर्नु परे सिंगो काठमाडौका सभामा स्क्रिन राख्नुपर्ने बताए । त्यस्तै , उपप्रधानमन्त्री ईश्वर पोखरेलले हडताल र आन्दोलनका नाममा मजदूरहरुलाई दुख दिने काम गरिएको बताए । ‘ नेकपाको कुन पक्षले आधिकारिकता पाउछ भन्ने प्रश्न आएको छ । म भन्छु केपी ओलीले नेतृत्व गरेको पार्टीले सूर्य चिन्ह सहितको आधिकारिकता पाउने छ’ उनले भने । उनले हिजो वाम गठवन्धनको सरकार बनाउने बेलामा प्रचण्डलाई खोज्दा उहाँं कांग्रेसको काखमा बसेको आरोप लगाए । त्यस्तै, कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले मांंसहारी आन्दोलन आफूहरुलाई मान्य नहुने बताएका छन् । नेकपा ओली पक्षको बागमती प्रदेश कमिटीले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘ मांसहारी आन्दोलन हामीलाई मान्य छैन, मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलेको जु मा लगेर राखिने छ’ उनले भने। फुटवादी गुटवादीहरुलाई चेतावनी दिदै थापाले भने,‘ म चेतावनी दिन चाहन्छु मांसहारी आन्दोलनको धम्की निस्तेज पारिने छ’ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार