• २०७७ फाल्गुन २१ गते शुक्रवार

दाङमा निर्वाचनको तयारी

Author Logo..
अनलाइन राप्ती २०७७ माघ १३ गते मङ्गलवार

दाङ :  जिल्ला निर्वाचान कार्यालय दाङले निर्वाचनको तयारी थालेको छ । सरकारले बैशाखमा निर्वाचनको तयारी थालेसैगै कार्यालयले तयारी थालेको हो । मंगलवार कार्यालयले घोराहीमा सरोकारवालाहरुसंग निर्वाचनको तयारी सम्वन्धी छलफल गरेको छ । छलफलमा जिल्ला निर्वाचन अधिकारी निमराज भण्डारीले निर्वाचनको तयारी स्वरुप मतदान केन्द्रहरुको अवलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने काम अघि वढाएको जानकारी दिए । उनले त्यसको लागि माघ १६ गते देखी १८ सम्म समय तोकिएको समेत बताए ।

दाङमा यसवर्ष ३ वटा वडामा मतदान केन्द्र थप्ने र केही केन्द्रलाई पाएक पर्ने ठाउँमा सार्ने सिफरिस निर्वाचन आयोगमा पठाइएको पनि उनले बताए । घोराही उपमहानगरपालिका १ र २ मा १÷१ वटा र बबई गाउँपालिका १ मा एउटा मतदान केन्द्र थप्ने तयारी जिल्ला निर्वाचन आयोगले गरेको छ । जिल्ला निर्वाचन अधिकारी भण्डारीको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यको प्रमुख आतिथ्यतामा छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले चुनावमा देखिने त्रुटिपुर्ण अवस्था सच्याउन सुझाव दिएका थिए । चुनाव निश्पक्ष, स्वातन्त्र र कम खर्चिलो बनाउनको लागी निर्वाचन आयोगलाई प्रभावकारी काम गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार