• २०७७ फाल्गुन २१ गते शुक्रवार

दाङमा कोरोना भाइरस विरुद्धको ६ हजार डोज खोप आइपुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ माघ १३ गते मङ्गलवार

दाङ :दाङमा कोरोना भाइरस विरुद्धको ६ हजार डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । मंगलवार दिउँसो खोप दाङ आइपुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा खोप बुधवारबाट नै लगाउन सुरु गरिने कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप लगाउन सुरु गरिने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई दिइने छ ।

बुधवार विहान ११ बजेबाट खोप लगाउन सुरु गरिने भन्दै उनले सरकारको निर्देशन अनुसार पहिलो चरणमा दाङमा स्वास्थ्यकर्मीलाई लगाइने छ । पहिलो चरणमा ३ हजार जनालाई २ पटक खोप लगाइने र क्रमश छिट्टै अर्को चरणमा पालिका स्तरमा नै खोप लगाउने कार्यक्रम सुरु हुने उनले बताए । सरकारले पहिले चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिन संकलक, चालक त्यसैगरी एम्बुलेन्स तथा शववाहन चालक र सहचालक लगाएतलाई खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार