• २०७७ फाल्गुन २१ गते शुक्रवार

डाक्टर बन्ने विद्यार्थी सडकमा (फोटो फिचर)

Author Logo..
अनलाइन राप्ती २०७७ माघ १३ गते मङ्गलवार


दाङ :  नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगत आयुर्वेद चिकित्साशास्त्र अध्ययन गर्ने विएएमएसका विद्यार्थीहरुले केहि दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् । उनीले आन्दोलन गर्नुको मुख्य कारण आफुहरुले पढ्न पाउनु पर्ने हो । पढ्नको लागि रहेको भवनमा कोरोना अस्पताल हुदाँ उनीहरुले करिब १ बर्षदेखि पढाइबाट बञ्चित हुन पुगेको कारण उक्त अस्पताललाई अनेत्र सारेर त्यहाँ आफुहरु पढ्न पाउँनु पर्ने भन्दै कहिले अस्पतालकै प्राङ्गणमा त कहिले सडकमा बसेर पढे्र विरोध गरेका छन् । अघिल्लो साता क्याम्पस प्राङ्गणमै किताब फिजाए आन्दोल गरेका उनीहरुले   मंगलवार सडकमै आएर विरोध प्रदर्शन गरे । उनीहरुले सांकेतिकरुपमा सडक जाम गर्न बाध्य भएको बताएका छन् । तुलसीपुर प्रादेशिक अस्पतालको माताहतमा रहेको अस्थायी कोरोना विशेष अस्पताल बेलझुण्डीले एक जना बिरामीको उपचारका भइरहेको छ । एक जना बिरामी मात्रै रहँदा पनि सयौं विद्यार्थीहरुको भविष्यमा खेलवाड गरिरहेको विद्यार्थीहरुको आरोप छ । सोहि विद्यालयमा अध्ययनरत रेखा पौडलले आफुहरु माग पढ्न पाउनु भएको बताइन् ।

उनले अहिले सबै क्याम्पसहरु संचालन भइरहेको अवस्थामा आफुहरुको क्याम्पसमा कोरोना अस्पताल हुदाँ बढ्नबाट बञ्चित भएको बताइन् । त्यस्तै विएएमएस चौथो ब्याजमा अध्ययनरत शिखर पोखरेलले मेडिकल जस्तो सम्बेदनशिल क्षेत्रको पढाइ करिब १ बर्षदेखि पढ्न नपाउँदा आफुहरुले पढाइको माग गर्दै आन्दोल गर्दै आएको बताए । उनले हामीलाई हाम्रो क्याम्पस फिर्ता हुनु प¥र्यो र अनत्र गएर पढ्न सक्ने बाताबरण नहुने समेत बताए । त्यस्तै अर्का छैठौँ ब्याजका विद्यार्थी हेमराज पन्तले विश्वविद्यालयले उक्त अस्पताललाई चासो नदिएको बताए । उनले अहिले अस्पतालमा विरामीहरु धेरै नहुदाँ पनि अस्पताल क्याम्पसमा राख्दा २ सय डाक्टर बन्न विद्यार्थीहरुको भविष्य अन्यौलमा पार्न खोजेको समेत बताए । यता नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले नेपाल संस्कृत विश्वविद्यालय माताहतमा रहेको आयुर्वेद अध्ययन संस्थानको माताहतमा रहेको आयुर्वेदका विद्यार्थीहरुलाई तत्काल पठनपाठनको व्यवस्थापन मिलाउने बताए । उन यो महिनाको अन्त्यमा विद्यार्थीहरुले क्याम्पस भवन पाउने समेत बताए । हामीले मागेको यही महिनाको बाँकी समय मात्रै भएको भन्दै उनले त्यसपछि पनि समस्या समाधान नहुने अवस्थै नहुने दावि गरे ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार