• २०७७ फाल्गुन २१ गते शुक्रवार

किवानिज क्लब अफ राप्तीद्धारा मोतिकलाको परिवारलाई आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ माघ १२ गते सोमवार

तुलसीपुर,माघ १२ आगोमा जलेर मृत्यु भएकी मोतीकला खड्काको परिवारलाई किवानिज क्लब अफ राप्तीले आर्थिक सहयोग गरेको छ।

सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं १० चौलाहीमा रहेको स्वर्गिय खड्काको निवासमा गई छोराहरू डिल्लीराज खड्का,सुधन खड्कालाई नगद रु.१० हजार ५ रुपैया आर्थिक सहयोग गरेको हो।

 

स्वर्गिय खड्का पुस १० गते विहान खाना पकाउँदै गर्दा सारीमा आगो सल्किएपछि गम्भीर घाइते भएकी थिइन ।

उनको माघ २ गते राति पाल्पामा ५५ वर्षको उमेरमा मृत्यु भएको थियो ।

 

सामाजिक सेवाभावका साथ गठन भएको क्लवले सामाजिक दायित्ववोध गर्दै सामाजिक कार्य गर्दै आएको क्लवका वरिष्ठ उपाध्यक्ष भुपाल रावतले वताउनुभयो । सो अवसरमा अध्यक्ष पोख्रेलको नेतृत्वमा क्लवका वरिष्ठ उपाध्यक्ष भुपाल रावत,उपाध्यक्ष हेमन्त प्रकाश वली, काेषाध्यक्ष नारायण वि क, सचिव गिता विश्वकर्मा, महासचिव नवराज रेग्मी, सह कोषाध्यक्ष गोर्वद्धन रिजाल, निर्देशक रुद्रमणि लम्साल, सदस्यहरु प्रकाश सेरपाइलि, खेमराज विक, नरेन्द्र वली, जागेश्वर वली, निर्मल न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार