• २०७७ फाल्गुन २१ गते शुक्रवार

देशमा विकासको लहर चलेको छ :  प्रधानमन्त्री ओली

Author Logo..
अनलाइन राप्ती २०७७ माघ १२ गते सोमवार

दाङ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको लहर चलेको बताए । सोमवार नेपाल कै दोस्रो लामो दाङको राप्ती नदीमा रहेको उक्त पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको भन्दै उनले केहि प्रतिकुल्ताहरु थपेको भएता पनि आफुहरुले ति प्रतिकुल्ताहरुलाई चिरेर अगाडी बढ्ेको दाबि गरे ।

यसको उदाहरण यो पुल समय मै निर्माण हुनु पनि एक भएको बताए । साथै, प्रधानमन्त्री ओलीले यहि ठाउँमा प्रदेशको राजधानी बन्न लागेको र जसका लागि यो पुल महत्वपूर्ण रहेको बताए । त्यसैगरी उनले यहि ठाउँमा नमुना कलात्मक सिग्नेचर पुल निर्माण हुन लागेको भन्दै त्यस पुलले लुम्बिनीको सुरक्षा हुनुको साथै विकासको नमुना हुने समेत बताए । राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको २०७३ मंसिर २२ गते प्रधानमन्त्री भएको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिलान्यास गरेका थिए ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ उक्त पुल करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो । पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता थियो । तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा ४ महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो ।

उक्त पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो । राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले बर्षायाममा निकै सास्ती भोग्दै आएका थिए । ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदि वारपार गर्ने गर्दथे । त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो यो पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन ।लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ । राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ । बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा रहेको पुल नेपालको सबै भन्दा लामो पुल हो । जसको लम्बाई १ हजार १५ मिटर छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार