• २०७७ फाल्गुन २१ गते शुक्रवार

राष्ट्रियताको आन्दोलन कम्जोर हुन दिदैनौँ  : मुख्यमन्त्री पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ११ गते आइतवार

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुनै पनि मुल्यमा राष्ट्रियताको आन्दोलनका कम्जोर हुन नदिने बताए । उनले मुलुकको राष्ट्रियताको आन्दोलन पछिल्लो समयको राजनितिक अस्थिरताका कारण कम्जोर हुने हो की ? भन्ने आम जनमानसमा चिन्ता रहेको भन्दै आफुहरुले कम्जोर हुन नदिने बताए । आइतवार दाङको गढवा गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अहिलेको राजनितिक अस्थिरताले राष्ट्रियतालाई कम्जोर पार्छ की भनेर नै आफुहरु नयाँ जनादेशमा जान लागेको समेत बताए । ‘ जनताको विचमा जानु भनेको राष्ट्र बलियो बनाउनु हो,’ उनले भने ,‘ नेताहरु पदिय झगडामा अल्झीए भने राष्ट्र कम्जोर हुन्छ । त्यो भएर नै हामी जनता माझँ गएर नयाँ जनादेश दिन खोजेका हौँ । ’ त्यस्तै, उनले अहिलेको लडाइ राष्ट्रियतालाई सबल बनाउने लडाइ भएको समेत बताए । ‘ यो लडाइबाट राष्ट्रियता कम्जोर हुने छैन् । राष्ट्रियता अझ सुदृष्ट हुने छ । अब कसैले पनि बाह्य शक्तिको इशारामा नेपालमा राजनितिक अस्थिरताको खेल खेल्ने दुशाहास गर्ने छैन्,’ उनले भने ।

उनले चुनावको बेलामा एउटाको अनुहार देखाउने र चुनाव जितिसकेपछि अर्काेलाई प्रधानमन्त्री बनाउने शक्ति केन्द्र हातमा जुन खेल नेपालको राजनितिमा हुने गरेको छ, त्यसलाई आफुहरु असफल बनाएको उनले दावि गरे । ‘ २०५६ सालमा कृष्ण प्रसाद भट्टराईको अनुहार देखाएर अरु कसैलाई प्रधानमन्त्री बनाउन खोज्दा कांग्रेस कम्जोर भयो,उनले भने ,‘ केपी शर्मा ओलीको अनुहार देखाएर अरु कोही प्रधानमन्त्री हुन खोज्दा कम्युनिष्ट आन्दोलन कम्जोर हुन्थ्यो । त्यो कम्जोर बनाउने षडंयन्त्रलाई हामीले असफल पारेको हो । ’ त्यसैगरी उनले प्रधानमन्त्री ओलीको कदमलाई साहासिक कदममा रुपमा बुझ्नु पर्ने समेत बताए । मुख्यमन्त्री पोखरेलले जतनामा जाने निर्णय राष्ट्रियताको सबलिकरणको निर्णयको अर्थमा ग्रहण गर्नुपर्ने बताए । त्यसैगरी उनले अहिलेको लडाइबाट केपी शर्मा ओली कति ठिक र बेठिक भन्ने कुरा जनताले निर्वाचनबाट देखाउने समेत दावि गरे । उहाँले गरेको कदम बेठिक ठाने जनताले दण्डित गर्ने र राम्रो ठाने निर्वाचनबाट अनुमोदन गर्ने समेत उनले बताए । त्यसैगरी अहिले केहि राजनितिक मतभेद भएको भन्दै ति मतभेद राजनितिक रुपबाट हल गर्नु पर्ने बताए । ‘ अबको ४ महिनापछि सबै सामान्य हुने र यति धेरै तनाब गर्नुपर्ने जरुरी छैन्,’ उनले भने,‘ ४ महिना सम्मको लागि मात्र प्रतिनिधिसभा नभएको हो ।

बैसाखमा निर्वाचन भए सबै चिज आइहाल्छ । के निरंकुशता, के तानाशाह, के राजनितिक ‘कु’ भन्या । यो राजनितिक ब्याखा जनताले बुझेका छैन् । बुझ्न जरुरी पनि छैन् ।’ त्यस्तै जतनाको विचमा अधिकार आएको भन्दै जनताले भोट हालेपछि बैसाखमा प्रतिनिधिसभा जाग्ने र गएका कुरामा अहिले मातम मनाइरहेको पर्ने अवस्था नभएको समेत उनको भनाइ छ । नवनिर्मित ३ तल्लाको ४२ कोठा र एक आधुनिक र सुविधा सम्पन्न सभाहल सहितका भवन कुल ४ करोड ७५ लाखको लागतमा तयार भएको हो । । सो भवन लुम्बिनी जलजला कण्ट्रक्सन कम्पनीले समयमै निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । यसअघि गाउँपालिकाले कृषि सेवाकेन्द्र बसेका २ वटा घरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार