• २०७७ फाल्गुन १६ गते आइतवार

समीक्षालाई अकालमै लग्यो कोरोनाले, परिवारलाई अहिले सम्म पाएनन् राज्य र समाजको साथ

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ९ गते शुक्रवार


दाङ : गत कात्तिक २० गते दाङ तुलसीपुर उपमहानगरपालिका १० निवासी २० बर्षीया समिक्षा केसीको कोरोना संक्रमणका कारण बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भयो । बच्चा जन्माएको ४ दिनपछि उनको मृत्यु भएपछि अहिले बच्चा र परिवारले निकै दुख पाएका छन् । सानो बच्चा कसरी हुर्काउने हो । रोएर रातभर सुत्न पाइदैन् । मृतककी सासु आमा सुशिला केसी यसरी बताउनु हुन्छ । बुहारीको मृत्यु भएपछि पनि काज किरिया गर्दा गाउँ घरका कोहि पनि आएनन् । कोरोनाका कारण मृत्यु भएको घरमा १ बर्ष सम्म डर हुने भन्दै समाजमा अहिले पनि कुरा हुने गरेको उनले बताइन् ।  समिक्षा कात्तिक १६ गते प्रसुती सेवा लिनका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनले १७ गते बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। आशंका लागेर पीसीआर परीक्षण गर्दा उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अक्सिजन र एन्टिबायोटिक सहित उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार दिउँसो ३ : २० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको थियो ।

तर मृतकका आफन्तीले भने समिक्षाको कोरोनाको कारण मृत्यु नै भएको हो भनेर अझै स्विकार गर्न मान्दैन् । मृतकलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको उनीहरुको भनाइ छ । रुघाखोकी, ज्वरो कुनै पनि लक्षण नभएका ब्यक्ति नै कोरोना संक्रमणबाट मृत्यु भएको भन्दा त्यो अस्पतालको लापरबाहीका कारण नै मृत्यु भएको मृतककी अन्टी पुजा केसीले बताइन् । ‘ हामीलाई हाम्रो मान्छे कोरोना संक्रमणबाट मृत्यु भएको हो भन्ने लाग्दैन्,’ उनले भनिन्,‘ तर, अस्पतालले कोरोनाको कारण मृत्यु भनेर घोषणा गरेपछि हामीले त स्विकार गर्नु नै प¥र्याे ।’ किरियाको काम काज गर्नको लागि समेत गाउँमा मान्छेहरुले पण्डितलाई समेत घरमा आउन नदिएको उहाँले दुखेसो पोखिन् । बुहारीको उपचार लगाएत काजकिरिया गर्दा सम्म करिब ३ लाख खर्च लागेको समेत उनले बताइन्

यता तुलसीपुर उपमहानगरपालिकाले भने पिडितका परिवारलाई सहयोग गरिरहेको जनाएको छ । उपमहानगरका जनस्वास्थ्य निरीक्षक एवं कोरोना फोकल पर्सन विमल केसीले मृतक केसीको बच्चा अहिले स्वस्थ अवस्थामा रहेको र विभिन्न संघसंस्थाहरु मार्फत समिक्षाका परिवारलाई आर्थिक सहयोग गरिएको समेत उनले बताए । कोरोना संक्रमणबाट उपमहानगरपालिकामा हाल सम्म २० जना ब्यक्तिहरुको मृत्यु भएको समेत उनले बताए । मृतकहरु पनि २० बर्षदेखि ८३ बर्ष उम्मेरका रहेको उनले बताए । त्यस्तै वडा कार्यालयले भने पिडित परिवारलाई आफुहरु सहयोग गर्न तयार रहेको जनाएको छ । वडा नं. १० का वडाध्यक्ष कुमार लामिछानेले पिडितहरुको आर्थिक अवस्था हेरेर बच्चाको शिक्षा दिक्षाको लागि सहयोग गर्न तयार रहेको बताए । त्यसैगरी उहाँले पिडितको घरमा वडासदस्य सहितको टोलि पठाएर बच्चाको स्वास्थ्य अवस्था बुझेको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार