• २०७७ फाल्गुन २१ गते शुक्रवार

तुलसीपुरमा झन्डै नौ सयलाई कोरोना विरुद्ध खोप दिने लक्ष्य

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ८ गते बिहिवार

तुलसीपुर : तुलसीपुरमा झन्डै ९ सय जनालाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखीएको छ । सरकारले सुरुमा कोरोना माहामारीको समयमा अग्रपंक्तिमा रहेर काम गरेका चिकित्सक ,स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयम सेविका लगाएतलाई खोप दिने तयारी गरेसंगै तुलसीपुरमा ८७३ जनालाई खोप दिने लक्ष्य राखीएको तुलसीपुर कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । उनका अनुसार कोरोना जोखिमका बाबजुद पनि अग्रपंक्तिमा खटिएका उनीहरुको नामावली अहिले IMU PORTAL मा राख्ने काम भईरहेको छ ।

यस अघि नै ती व्यक्तिहरुको नामावली संकलन गरी अहिले विवरण अद्यावधिक गर्ने काम भईरहेको उनले जानकारी दिएका छन् । नेपालमा विहिवार पहिलो पटक कोरोना विरुद्धको खोप भित्रिएको छ । भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज विहिवार काठमाण्डौ आइपुगेको छ । तुलसीपुरमा हाल सम्म ८१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ८०७ जना संक्रमण मुक्त भएका छन् भने अझै ५ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रमित मध्ये तुलसीपुरका २० जना नागरिकको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार