तुलसीपुर : दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट तुलसीपुर आउदै गरेको रा १ ख १४६५ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
३० जना यात्रु सवार रा १ ख १४६५ नम्बरको बस सर्रा नजिक दुर्घटनामा परेको हो । बिहीबार साँझ ७ बजेतिर दुर्घटना हुँदा घाईते भएका सवैका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस