• २०७७ फाल्गुन २१ गते शुक्रवार

मेयर कपको पाँचौ दिन वडा नम्बर २ र १४ विजयी

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ८ गते बिहिवार


घोराही : घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटबल खेलमा आज वडा नम्बर २ र वडा नम्बर १४ का खेलाडीहरु विजयी भएका छन् । नवलपुर मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १३ लाई वडा नम्बर १४ ले १ का बिरुद्ध २ गोलले पराजित गरेको हो । वडा नम्बर १३ का खेलाडी बिरेन्द्र घर्तिले एक गोल गर्नुुभयो । त्यस्तै विजयी वडा १४ का खेलाडी सोपनिल संसार कुमाई र मिनेश चौधरीले एक एक गोल गरेका थिए । त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १९ लाई वडा नम्बर २ ले २ का बिरुद्ध ५ गोलले पराजित गरेको छ । वडा नम्बर १९ का इश्वर रावत र राम बहादुर खत्रीले एक एक गोल गरेका थिए । त्यसैगरी विजयी वडा नम्बर २ बिशाल अधिकारीले ३ गोल र बिशाल सुनारर पदम शाहले एक एक गोल गरेको खेल व्यवस्थापक दिपक पुनले जानकारी दिए । शुक्रवा मध्यान्न हुुने पहिलो खेलमा वडा नम्बर ६ र १५ विच, दोस्रोमा वडा नम्बर २ र १० विच खेल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार