• २०७७ फाल्गुन २१ गते शुक्रवार

नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ८ गते बिहिवार

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म २० लाख ३१ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको छ। बुधबार मात्र ५ हजार ३० जनाको कोरोना परिक्षण गरिएको थियो। मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६८ हजार छ सय ४६ जना छन्। जसमध्ये सक्रिय संक्रमित ३ हजार ७९९ छन्। बितेको २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ७९ जना पुगेको छ, भने थप २२६ संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६२ हजार ८६८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या १७२ छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार