• २०७७ फाल्गुन २१ गते शुक्रवार

बस्नेत कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ५ गते सोमवार

 

तुलसीपुर :  तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) लाई नेपाली काँग्रेसले उद्योग तथा व्यापार विभागको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको छ । काँग्रेसका उद्योग तथा व्यापार विभाग प्रमुख चिनकाजी श्रेष्ठले जारी गरेको सूचनामा त्यस्तो जानकारी दिइएको छ ।

‘पार्टीको केन्द्रीय उद्योग तथा व्यापार विभागका साथै समग्रमा नेपाली काँग्रेस पार्टीलाई थप सुद्रिढ एवं गतिशिल बनाउन तपाँईको महत्वपूर्ण भूमिका रहने छ,’ प्रमुख श्रेष्ठले जारी गरेको पत्रमा उल्लेख छ । बस्नेतका बुवा डिल्लीबहादुर बस्नेत तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हुन ।

बस्नेत परिवारले तुलसीपुर क्षेत्रका आर्थिक विकाश महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तुलसीपुरका प्रतिष्ठित व्यापारी बस्नेत परिवारले यस क्षेत्रको उद्योग र व्यापारमा लामो समयदेखि सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार