बबईमा जग्गा नापी शुरु, नागरिकहरु खुशी

Author Logo..
अनलाइन राप्ती २०७७ माघ १६ गते शुक्रवार


दाङ :  बबई गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधानका लागि जग्गा नापीको काम बुधवारदेखि सुरु गरेपछि नागरिकहरु खुशी भएका छन् । गाउँपालिकाले पहिलो चरणमा वडा नं ५ रिमखोलीबाट जग्गा नापी कार्यलाई अगाडी बढाएको हो । वडा नं. ५ रिमखोली निवासी दोलख डाँगीले यस पटक भने हातमा लालपुर्जा पाउँने आशमा आफु धेरै खुशी भएको बताए । उनले पटक – पटक आयोग गठन नहुदाँ नपाएको गुनासो गर्दै यस पटक भने लालपुर्जा पाउन उनको भनाइ छ । ‘ यस पटकको आयोगले काम गर्ला जस्तो छ । गाउँपालिकाका ७ वडामध्य पहिलो पटक आफ्नो वडाबाट जग्गा नापीको काम शुरु गर्दा आशा पलाएको हो,’ डाँगीले भने । त्यस्ते सोही ठाउँकी भिमा वली रोकायले पनि लालपुर्जा पाइने भएपछि धेरै खुशी लागेको बताइन् । उनले भुमिहिन हुदाँ धेरै समस्या भोगको भन्दै अब लालपुर्जा पाएपछि त्यो समस्याबाट मुक्त हुने उनले बताइन् ।

त्यसैगरी सोहि ठाउँका आइते कवरले पनि यस पटक लालपुर्जा पाइनेमा आफु ढुक्क रहेको बताए । गाउँपालिकामा पहिलो चरणमा तथ्यांक संकलन गर्ने काम सकिएकाले दोस्रो चरणमा वडा नं. ५ बाट जग्गा नापीको काम शुरु गरिएको गाउँपालिका भुमि इकाइ प्रमुख चन्द्र बहादुर वलीले बताए । उनका अनुसार माघ ५ गते सम्म गाउँपालिकाको वडा नंं. १ मा ८१५ जना, वडा नं. २ मा ५१३ जना, वडा नं. ३ मा ३९७ जना, वडा नं. ४ मा ५७५ जना, वडा नं. ५ मा ८०५ जना, वडा नं. ६ मा ५७१ जना र वडा नं. ७ मा ७८४ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासहरुको तथ्यांकल संकलन भएको छ । यो अहिले पनि जारी भएकोले अझ बढ्न सक्ने उनले बताए । त्यस्तै बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौड्ेलले आउँदो असार सम्म सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने बताए ।

साथै, उनले अब्यवस्थित बसोबासको हकमा चाहि समय लाग्ने बताए । ‘ अब्यवस्थित बसोबासको लागि राजश्वको सवाल हुन्छ,’ उनले भने,‘ लालपुर्जा पाउँनको लागि किसाहरुले राजश्व बुझाउनु पर्ने हुन्छ । उनीहरुसंग पैसा नहुन सक्छ । त्यसैले गर्दा समय लाग्न सक्छ । ’ तर, किसानहरुको सहजताको लागि किस्ताबन्दी मार्फत राजश्व बझाउन सकिने ब्यवस्था गरिने समेत अध्यक्ष पौडेलले बताए । किसानहरुसंग जमिन छ, तर, आयब्यय नहुन सक्छ । त्यसैले उनीहरुले ३ किस्तामा पैसा बुझउनु पर्ने र अन्तिम किस्तामा लालपुर्जा पाउने उनको भनाइ छ । त्यस्तै, यदि कसैले जग्गा हुदाँ हुदै पनि झुक्याएर लालपुर्जा लिन खोज त्यस्तालाई लालपुर्जा नदिने निर्णय नभएको समेत उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार