५५ जना जेष्ठ नागरिकलाई स्विटर

Author Logo..
अनलाइन राप्ती २०७७ माघ १६ गते शुक्रवार

घोराही : घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले वडा भित्रका ५५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रम बजेट तर्फ बिनियोजन भएको ६० हजार रुपैयाँले ५५ जना जेष्ठ नागरिकहरुलाई न्यानोका लागि एक / एक थान स्विटर वितरण गरेको हो । वडा स्तरीय जेष्ठ नागरिक समाज समितिले वडाभर रहेका ६० बर्ष माथिका जेष्ठ नागरिकहरुको नामावली संकलन गरि आज वडामा भेला गराई स्विटर वितरण गरिएको हो । समितिका अध्यक्ष अमरराज डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष खोपीराम चौधरीले जेष्ठ नागरिकहरुलाई स्विटर र गाडी भाडा एक सय रुपैयाँका दरले ५५ जनालाई वितरण गरेका थिए । वडा सरकारले आफुहरुलाई यो जाडोमा स्विटर उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकहरुले खुशी प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार