दाङ : कोरोना भाइरस कोभिड –१९ विरुद्धको खोप दाङमा पनि लगाउन सुरु गरिएको छ । राप्ती राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट स्वास्थ्यकर्मीबाट खोप लगाउन सुरु गरिएको छ । सोहि अनुसार राप्ती प्रादेशिकमा मेडिकल सुपरीटेण्डेन डाक्टर विनोद सिंह र प्रतिष्ठानमा निर्देशक डाक्टर सागर पन्थीले खोप लगाएर अभियानको सुभारम्भ गरेका थिए । कोरोना महामारीको समयमा दिनरात आफ्नो ज्यानलाई जोखिममा राखेर खटिएका स्वास्थ्यकर्मीहरुले भने आहिले खोप लगाउँन पाउँदा धेरै खुशी भएको बताएका छन् । राप्ती प्रादेशिक अस्पतालमा कार्यरत गुरु प्रसाद योगीले खोप लगाउँदा मनमा डर लागि रहेको बताए । उन ले पहिलो पटक कोरोना विरुद्धको खोप लगाउँदा केहि असर हुन्छ,की भन्ने डर लागेको भएता पनि यो खोपले कोरोना नियन्त्रणमा मद्दत गर्नेमा आफु विस्वत रहेको समेत उनले बताए ।
त्यस्तै, अर्का सोही अस्पतालमा कार्यरत सुलभ अधिकारीले कोरोना विरुद्धको खोप लगाउन पाउँदा निकै खुशी लागेको बताए । उनले हरेका औषधिहरुमा साइड इफेक्टहरु हुने भएकाले पनि यसमा पनि हुनसक्ने भन्दै खोप लगाइसकेपछि ढुक्क भएर काम गर्न सकिने उनले बताए । जिल्लामा पहिलो चरणमा ३ हजार व्यक्तिका लागी खोप आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । १ जना व्यक्तिलाई २ पटक खोप दिइने भएकाले २८ दिन पछि फेरी दोस्रो पटक खोप दिइने कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए । पहिलो दिन प्रत्येक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगाएतले खोप दिइने उनको भनाइ छ । त्यस्तैगरी पालिका स्तरका स्वाथ्यकर्मीहरुलाई पनि खोप दिइने उनले बताए । त्यस्तै तुलसीपुरमा बुधवार १२५ जनालाई खोप दिइने उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार तुलसीपुुरमा १० दिन सम्म खोप दिने कार्यक्रम रहेको र करिब ९ सय जना सरकारी तथा प्राइभेट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई दिइने छ ।