लक्ष्मण बस्नेत
दाङ : दाङको तुलसिपुरमा गोजुरियो कराते को ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल गोजुरियो कराते दो संघ को आयोजनामा सहिद स्मृति आवासीय मा.बि. तुलसिपुर बनकट्टीमा मंगलवार भएको ग्रेडिङ तथा दिक्षान्त समारोहमा जिल्लाका सिनियर तथा जुनियर गरि ६५ बढी खेलाडी दिक्षित भएका छन् । जस अन्तरगत सिनियर तर्फ ब्ल्याक बेल्ट सो डान फस्ट डान,सेकेण्ड डान,थर्ड डान र जुनिएर तर्फ विभिन्न बेल्टमा अप ग्रेट खेलाडीहरुलाई नेपाल गोजुरियो कराते महासंघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक बि.आर मित्राले दिक्षित गरेको नेपाल गोजुरियो करातेका प्रशिक्षक विवेक कुमार बिकले जानकारी दिए ।
नेपाल कराते दो संघ दाङको आयोजनामा भएको समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी बि. आर मित्राले रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवन को अभिन्न अङ्ग भएको बताए । खेलकुद मानव जीवनको अभिन्न अङ्गसंगै सर्बाङ्गिन बिकासको आधार स्तम्भ पनि हो । त्यसैले यसको उच्च आदर्श लाई सदैव आत्म साथ गर्न खेलाडीहरुलाई उनले आग्रह गरे । नेपाल कराते दो संघ दाङका अध्यक्ष बिरेन्द्रको अध्यक्षतामा भएको कार्यक्रममा ,सहिद स्मृति आवासिय मा.बिका सहायक प्रधानाध्यापक धनेश्वोर पोख्रेल, समाजसेवी पुस्पा आचार्य, प्रशिक्षक,नबराज रोका,सुबिन चौधरी लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा शान्तिनगर र मानपुर दोजाङका खेलाडिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशिक्षक हरिष चन्द्र रानाले गरेका थिए ।