दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्मा‘प्रभाकर’ले प्रधानमन्त्री ओली राष्ट्र निर्माण प्रति, जनताका अधिकारहरु स्थापित गर्न तर्फ नभइ हिजोका सामान्त राजा महाराजाहरुको सिको गर्दै त्यो पथमा हिड्न खोजको समेत आरोप लगाए । शुक्रवार नेपाल दलित मुक्ति संगठन जिल्ला कार्यदल दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै नेता शर्माले सार्बभौम सत्ता जनताको हातमा भएको अवस्थामा केपि ओलीले त्यो भन्दा माथि भएर संविधान च्यात्न लागेको भन्दै आफुहरु खबरदारी गर्दै आइरहेको समेत उनले बताए । नेता शर्माले पार्टीमा भएको विवाद पदको लागि नभइ विचार, विधि पद्धतिको लागि संविधानलाई बचाउनको लागि भएको समेत स्पष्ट पारे ।
अहिले केपी समूहले आफूहरुलाई काम गर्न नदिएकाले संसद विघटन गरेको भनि बाहिर प्रचार गरेको भन्दै त्यो गलत भएको समेत उनको भनाइ थियो । ‘हामीले संघीय, समावेशी सिद्धान्त सहितको हाम्रा ठूलो त्याग, तपस्या, बलिदानी र आन्दोलनबाट ल्याएको संबिधान कार्यान्वयन गर्दै लैजान भन्यौ’, उनले भने,‘तर, उहाँँले त्यो कुरा मान्नु भएन, उहाँले संविधान विपरित कार्य गर्नुभयो, संविधान लत्याउने कार्य गर्नुभयो, त्यस्ता गतिबिधि हामीले गर्न दिएनौं, यही कारणले उहाँले संसद नै बिघटन गर्नुभयो ।’ त्यस्तै नेता शर्माले जातिय मुक्तीका लागी दलित समुदायहरु आर्थिक रुपमा बलियो हुनु पर्नेमा जोड समेत जोड दिए । उनले आर्थिक क्रान्ती बिना दलित समुदायको मुक्ति र उत्थान हुन नसक्ने चन्दै उनीहरुको आर्थिक विकास र शशक्तिकरणका लागी राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने बबताए ।
उनले राज्यले सर्वहारा बर्ग, जातिय उत्पडित बर्गको लागी केहि गर्न नसकेको समेत आरोप लगाए । पूर्व मन्त्री समेत रहेका शर्माले हिजोको सामान्तीवादीहरुले दलितलाई थिचोमिचोमा पारेको भन्दै बर्गिय र जातिय मुक्तिका लागी इतिहासमा ठुलाठुला आन्दोलनकै कारण अहिले समाबेशी ,समानुपातिक शिद्धान्त सविधानले व्यवस्था गरेको बताए । संविधानमा दलित समुदायको राजनितिक, आर्थिक,शिक्षा ,स्वास्थ्य लगाएतको सबैको अधिकार सुनिश्चित गरेता पनि राज्यले व्यवहारमा प्रभावकारी कार्यन्वयन गर्न नसकेको दाबि गरे ।