दाङको बालापुरमा खुला भलिबल प्रतियोगिता हुने

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ८ गते बिहिवार


लक्ष्मण बस्नेत

तुलसीपुर : दाङ तुलसीपुरको बालापुरमा जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ ।  सक्सेस फुटबल क्लब तुलसीपुर दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका वडा न २ र दङ्गीशरण गाउँ पालिका वडा न ५ को संयुक्त तत्तवधानमा संचालन गरिन लागेको प्रतियोगिता यहि माघ २२ गतेदेखि सुरु हुुनेछ । स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै १८ बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समितीका संयोजक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसीपुर २ मा अबस्थित मा.बि.बालापुर खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ। प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५, ५० र ३० हजार तथा कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष सुरज ओलीले जानकारी दिए । यसैविच आयोजकले यतिबेला प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएत का पक्षमा तिब्रता दिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार