दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पूर्बमन्त्री दिपक गिरीले पुस ५ गतेका दिन प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो गल्ती गरेको बताएका छन् । शनिवार दाङको तुलसीपुरमा नेपाली कांग्रेसले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पूर्बमन्त्री गिरीले पार्टी भित्रको कलह मिलाउन नसकेको झोकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नै बिघटन गरेको बताए । दुई तिहाई बहुमतको दम्भको सनकमा संबैधानिक ब्यबस्था बिरुद्ध कदम चालेको बताए । कम्युनिष्ट शासकहरुले गरिव बिपन्न समुदायलाई माथि राखेर राजनीति गर्छौ, भन्ने र सनकमै निर्णय गरेर नागरिकलाई पटक पटक दुख दिने गरेको गिरीले स्मरण गराए ।
सर्वसाधारण नगारिकहरुले पनि बुझि सकेका छन्, पटक पटक सत्तामा जाने र उन्माद देखाउने यस्ता प्रबृत्तिका पार्टीलाई सहयोग नगर्ने उनको दाबि छ । त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य एवम नेता एबम पूर्बराज्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतान्त्रिक संबिधान माथि धावा बोल्ने बिरुद्ध नेपाली काग्रेस कफन बाँधेर प्रतिबाद गर्ने बताए । प्रजातन्त्रका लागि बिपीको योगदानदेखि वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संबिधान जारी गर्दाको प्रभाबकारि भूमिकाबारेमा चौधरीले चर्चा गरे । ठुलो संघर्ष र बलिदानीबाट प्राप्त संबिधान र लोकतन्त्रलाई सनकका भरमा समाप्त पार्न कसैलाई पनि छुट नहुने उनको जोड छ ।
लुम्बिनी प्रदेश सभासदस्य एबम नेपाली काग्रेसका नेता शंकर गिरीले राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संबिधान च्यातेर सत्ता कब्जा गरेको झल्को प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले गरेको बताए । त्यसकारण अव काग्रेस र लोकतन्त्र पक्षत्रर रक्षाकवच भएर सडकमा आउनुको बिकल्प नभएको बताए । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (क) का सभापति घनश्याम ढकालको सभापतित्वमा भएको बिरोध सभामा नेपाली काग्रेस जिल्ला कमिटि सचिब टेकबहादुर वली, महासमिति सदस्य देविका नेपाली लगायतले सम्बोधन गरेका थिए ।
क्षेत्रिय कार्यालय तुलसीपुरबाट शुरु भएको बिशाल बिरोध रयालीले प्रदर्शन गर्दै तुलसीपुरको बिपी चौकमा बिरोध सभामा परिणत भएको थियो । कार्यक्रमको सहजीकरण सचिब चुर्णबहादुर चौधरीले गरेका थिऐ । त्यसैगरी आज नै पश्चिम दाङको श्रीगाँउमा नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ (ख) को बिरोध सभा सभापति खीमबहादुर वलीको सभापतित्व,काग्रेस केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यिमा भएको थियो । काग्रेसले प्रतिनिधि सभा बिघटनका बिरुद्ध शनिबार देशभर ३ सय ३० वटा निर्वाचन क्षेत्रमा बिरोध सभाको आयोजना गरेको छ ।