पत्नी सीतालाई भारतमै छाडेर स्वदेश फर्कँदै प्रचण्ड

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २५ गते शनिवार

फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन्।  पत्नी सीताको उपचारका लागि पुस २० गते भारत गएका प्रचण्ड शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सबाट काठमाडौं फर्कने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। सीता र छोरी गंगा भने भारतमै रहनेछन्। सीताको भारतको मुम्बईमा उपचार भइरहेको छ। लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको हो।

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार