घोराही उपमहानगरले मोतियाविन्दु विरामीहरुको सल्यक्रियामा सहकार्य गर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २४ गते शुक्रवार

दाङ  : नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत राप्ती आँखा अस्पताल र घोराही उपमहानगरपालिका विच निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । यस आर्थिक बर्षमा नगरमा रहेका १०० जना मोतियाविन्दुका विरामीहरुको साझेदारीमा निःशुल्क शल्यक्रिया गर्नका लागि शुक्रवार अस्पताल र उपमहानगरपालिका विच सम्झौता भएको बाह्य  कार्यक्रम संयोजक नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए । निःशुल्क शल्यक्रियामा लाग्ने प्रति व्यक्ति खर्च रु ८ हजार उपमहानगरपालिकाले अस्पताललाई उपलव्ध गराउने र बाँकी रकम अस्पतालले व्यहोर्ने सहमती भएको छ ।

अस्पतालका प्रशासक किरण पौडेल, उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम केसी र जन स्वास्थ्य अधिकृत नारायण प्रसाद घर्ती विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आर्थिक बर्ष २०७७/०७८ भित्र १०० जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गर्ने सहमतिमा उल्लेख छ । एसआइसीएस प्रविधिबाट मोतियाविन्दुको शल्यक्रियाका लागि ८ हजार उपमहानगरपालिकाले अस्पतालाई उपलव्ध गराउने छ ।

साथै कम्प्यूटर अर्थात फेको प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएमा थप ५ हजार स्वयम विरामीले तिर्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सूचना अधिकृत बालाराम खड्काले जानकारी दिए । उपमहानगरले यस बर्ष १०० जना मोतियाविन्दुका आँखाका विरामीहरुलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने सहमति भएको स्वास्थ्य महाशाखाका जन स्वास्थ्य अधिकृत नारायण प्रसाद घर्तीले जानकारी दिए । आर्थिक अभावका कारण मोतिविन्दुको शल्यक्रिया गर्नवाट बञ्चित विरामीहरुको सम्वन्धीत निकायको सिफारीसमा शल्यक्रिया राप्ती आँखा अस्पतालमा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार