विद्युतबाट हुने दुर्घटना न्युनिकरण गर्नको सबै भन्दा पहिले आफै सजक हौं : लामिछाने

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १८ गते शनिवार

प्रकाश केसी

दाङ : नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगननाथ लामिछानेले विद्युतबाट हुने दुर्घटना न्युनिकरण गर्नको लागि सबै भन्दा पहिले आफै सजक हुनु पर्ने बताए । शनिवार दाङको तुलसीपुरमा आविस्कार इलेक्ट्रिसियन एशोसियसन तुलसीपुरले आयोजना गरेका इलेक्ट्रिसियन भेटघाट कार्यक्रममा बोल्दै उनले जिवन रहेनै सबै चिज रहने भन्दै विद्युतको जस्तो सुकै काम गर्दा ब्यक्तिगत सुरक्षा अपनाएर काम गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अथिती समेत रहेका लामिछानेले विद्युत हेर्दा देखिदैन्,तर, त्यसलाई अनुभव गर्न खोज्दा अन्तिम र पहिलो गल्ति हुन सक्ने समेत उनले बताए ।

https://www.facebook.com/onlinerapti/videos/189833032849756

‘ कहिले काही भन्ने गरिन्छ, विद्युतको तार देखायो, तर, त्यहाँ छोए करेन्ट लाग्न सक्छ,’ उनले भने,‘ हामीले काम गर्ने क्षेत्र एकदमै जोखिम पूर्ण हो । त्यसैले हामीले हतारमा नभइ आफु सुरक्षित भइ काम गर्नु पर्ने हुन्छ । ’ साथै, आम नागरिकहरुलाई विद्युतको बारेमा जानकारी नहुन पनि सक्ने भएकाले तपाईहरुले उनीहरुलाई फेज, न्युटन, एमसीबी के हो ? त्यसका बारेमा जानकारी गराइ दिए पनि दुर्घटना न्युनिकरण हुने उनको भनाइ थियो । त्यसैगरी उनले घरमा वाइरिङ गर्दा फेज र न्युटन मध्य फेजलाई अनिवार्य रुपमा सुरक्षात्मक उपकरण प्रयोग गर्न समेत आग्रह गरे ।

त्यसैगरी प्रमुख लामिछानेले वाइरिङ गर्दा त्यसघरमा खपत हुने मात्र तार प्रयोग गर्न समेत आग्रह गरे । उनले केहि घरहरुमा खपत गर्ने भन्दा बढि तार तथा सामानहरु प्रयोग गरेको पाइएकाले घरधनीहरुलाई समेत विद्युतको नियम अनुसार कारबाही गरेको बताए । त्यसैगरी उनले विद्युत प्राधिकरणबाट हुने सहयोग आफुले गर्न तयार रहेको समेत बताए ।  एशोसियसन तुलसीपुरका अध्यक्ष भरत प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अथिती तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा सदस्य बर्षाद भण्डारी, टेक बहादुर खत्री, सीप विकास तुलसीपुर, सेम्स टेक्निकल कलेजका प्रबन्धक गणेश भण्डारी लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने इलेक्ट्रिसियनहरुले सबै एक ठाउँमा नहुदाँ काम गर्न समस्या हुने गरेको बताएका थिए । उनीहरुले इलेक्ट्रिसियनहरु आफु खुशी काम गर्दा सबैलाई समस्या हुने भएकाले सबै एक हुनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार