मंगुर जातको माछा बिक्रि गर्न प्रहरीद्धारा रोक

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १७ गते शुक्रवार

तुलसीपुर : मंगुर जातको माछालाई प्रहरीले बिक्रि बितरणमा रोक लगाएको छ । तुलसीपुरमा बिहिवार साँझ नेपालमा प्रतिबन्धित मंगुर जातको माछा बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । प्रहरीले तुलसीपुर बजारको बिभिन्न स्थानमा सञ्चालनमा रहेका माछा पसलबाट झण्डै साँढे ४ सय किलो मंगुरजातको माछा बरामद गरिएको हो । मोहन नेपालीले संचालन गरेको युवम माछा पसलबाट माछा २०० किलो, फिरोज मियाको घर भित्र बनाएको पोखरीबाट २०० किलो र बब्लु मियाको घर भित्र टिनको बाकसमा राखेको ५० किलो मंगुर जातको माछा खानतलासीका क्रममा बरामद गरिएको डिएसपी सिंहले बताए ।

बरामद गरिएको माछा बिभिन्न ब्यक्तिको रोवहरमा पातुखोलाको बगरमा बिहीबार नै ह नष्ट गरिएको प्रहरीले जनाएको छ । यता ब्यबसायिहरुले भने प्रहरीले माछा बरामद गरि नष्ट गर्ने कार्यको असन्तुष्टी जनाएका छन् । माछा पालक किसानहरुलाई सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता सहित ऐन कानून बनाउने तर प्रहरी प्रशासनले उत्पादन गरेको माछा नष्ट गर्ने कार्य कानून बिपरित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार