दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधव समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक संज्ञा दिए । शनिवार दाङको तुलसीपुरमा जिल्ला स्तरिय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मैले जे गरे त्यहि विधी, मैले जे भने त्यहि संविधान, मैले जे भने त्यहि कानुन भन्ने प्रवृत्तिका कारण ओली सन्की शासकका रुपमा प्रस्तुत भइरहेको उनले आरोप लगाए । ‘ उहाँलाई कसैको सुझाव चाहिदैन्, कसैको आलोचना सुन्न मन पर्दैन् । उहाँलाई प्रशंसा मात्र मन पर्छ । तर, प्रशंसा मुर्ख शासकलाई मात्र मन पर्छ,’ उनले भने । उनले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीलाई धरासायी पार्न खोजेको आरोप लगाए । ‘ जुन भ¥याङमा चडेका हुन् । त्यहि भ¥याङलाई भत्काएका छन् । जुन कुर्सीमा बसेका छन्,’ उनले भने,‘ त्यहि कुर्सीलाई अरुले आखाँ लगाएको भन्दै कुर्सी भाच्ची दिन्छु भन्छन् । जुन घरमा बसेका छन् । त्यो घरमा झगडा भयो भनेर आगो लगाउने भष्मासुर हामीले पाएका छौँ । आज सिंगो देश भष्मासुरको आक्रान्त छ ।
यस्ता भष्मासुरी, आसुरी प्रवृत्तिका बाहक अरु कोहि नभइ ओली भएको उनले बताए । त्यसैगरी उनले प्रधानमन्त्री ओली समुहको नेकपाले जसलाई पायो त्यसैलाई केन्द्रिय सदस्य बनाउने भएकाले अहिले मानिस बालुवाटारका बाटो हिड्न छाडेको समेत बताए । त्यस्तै कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले पुस ५ गते संसद विघटन गरेरका संविधान माथि आक्रमण गरेको आरोप लगाए । उनले पुस ७ गते विहान नेकपा पार्टी माथि आक्रमण गरेर गुटको भेला गरेको आरोप लगाए । त्यसैगरी स्थायी कमिटी सदस्य एवं पूर्व सभामुख कृष्ण बहादुर महराले अहिले देशमा तानाशाह बढ्दै गएको र संविधान माथि कु भएकाले यि सबै कुरा जनताको सामु लगे आफुहरुको जित हुने बताए ।
अर्का स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्त पार्टीमा पद, प्रतिष्ठाको लडाइ नभइ विचारको लडाइ भएको बताए । उनले प्रधानमन्त्री ओलीले गत जेष्ठमा नै विघटन गर्न लागेको संसदलाई आफुले नै तानेर पुस ५ गते सम्म ल्याएको समेत बताए । त्यस्तै अर्काे स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री ओली सबैभन्दा पहिलो प्रहार झण्डै २ तिहाइको बहुमतका संसलाई विघटन गरे कम्युनिष्ट पार्टी गरेको आरोप लगाए । उनले केपी शर्मा ओली कम्युनिष्ट नभइ कम्युनिष्टको खोल ओडेको ब्यक्ति भएको बताए ।