• २०७७ फाल्गुन २१ गते शुक्रवार

प्रचण्ड जस्तो इमान्दार नेता कोही छैन् : नेपाल

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ३ गते शनिवार

घोराही :  नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड – माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताए । शनिवार घोराहीमा पत्रकार सम्मेलनमा कुरा गर्दै सो कुरा बताएका हुन् । प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको बताउँदै उनले भने ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् ।’ यस्तै उनले केपी ओलीले संविधानविपरीत कार्य गरेको आरोप लगाउँदै संसद विघटनको चारैतिर विरोध भएपछि ओली सबैतिरबाट एक्लिदै गएको बताए । साथै उनले अब विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको दाबी गरे । तुलसीपुरमा हुने कार्यक्रता भेलालाई सम्बोधन गर्न नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु दाङ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार