• २०७७ फाल्गुन २१ गते शुक्रवार

लुम्बिनी प्रदेशको ब्यबसाय र पर्यटन प्रबर्दनमा पहल थाल्छु : नबनिर्बाचित अध्यक्ष शर्मा

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ३ गते शनिवार


शरद रेग्मी
तुलसीपुर :  नेपाल उद्योग बाणिज्य महासघंका लुम्बिनी प्रदेशका नबनिर्बाचित अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रदेशको ब्यबसाय र पर्यटन प्रबद्र्धनमा आफुले पहल थाल्ने बताए । शनिवार तुलसीपुर उद्योग बाणिज्य सघंले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस प्रदेश भित्र रहेका सम्भाबनाहरुको बवकास र विस्तार गर्न आफु र आफ्नो टिम लागि पर्ने बताए । सो अवसरमा निवर्तमान लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारीले आफु सधैभरी ब्यबसायि माझ रहेर सेवा गर्ने प्रतिबद्दता ब्यक्त गरे । “म हिजोपनि ब्यबसायिका तमाम समस्याहरुलाई सम्बोधन गर्न लागि परेको थिए “ ।

आगामी दिनहरुमा पनि निरन्तर लागि पर्ने छु ब्यबसायि माझ,’ उनले भने ।
कार्यबाहक अध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशब भण्डारी , तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजाल लगायतले बोेलेका थिए ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यबाद ज्ञापन गरेका थिए, भने सहजिकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार