• २०७७ फाल्गुन २१ गते शुक्रवार

रुकुममा जिल्ला समन्वय समितिका प्रमुख सहित ५ जना जुवाडे

Author Logo..
अनलाइन राप्ती २०७७ माघ २ गते शुक्रवार


रुकुम : रुकुममा जिल्ला समन्वय समितिका प्रमुख सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्वका जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर वली , पृथा उत्तरगंगा गाउँपालिका ५ का २९ बर्षीय सुभाष घर्तीमगर, वडा नम्वर १० का ६४ बर्षीय जितेन्द्र बुढामगर , रुकुम पश्चिम त्रिबेणी गाउँपालिका ७ का ४२ बर्षीय लिल बहादुर पुन र मुसिकोट नगरपालिका १ का ३७ बर्षीय कमल गिरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

रुकुम पश्चिम मुसिकोट १ पातुखोला स्थित भरत घर्तीमगरको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा रुकुम पश्चिमबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रवार दिउँसो करिब ३ बजेतिर पक्राउ गरेको हो । उनीहरुको साथबाट २५ हजार रुपैयाँ नगद र जुवा खेल्न प्रयोग गरिएका केहि थान तास समेत बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथी थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार