प्रमुख जिल्ला अधिकारी आचार्यद्धारा कारागारको अनुगमन

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २९ गते बुधवार

 

दाङ : जिल्लामा रहेका २ वटा कारागारहरुको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले प्रायजसो सबै कोठा कोठामा पुगेर कैदीबन्दीदहरुको बारेमा जानकारी लिएका थिए । कारागारहरुमा बन्दी जिवन बिताइरहेका नागरिकहरुलाई बस्न र खान केहि पनि समस्या नहोस भन्ने उदेश्य लिएर जिल्लाका कारागारहरुमा अनुगमन गरिएको थियो । सो अबसरमा कारागारमा रहेका प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगीको भुमिका निर्बाह गर्ने प्रतिबद्दता ब्यक्त गरे । सो अबसरमा बन्दीहरुका चौकिदारहरुले सामुहिकरुपमा समस्या राखेका थिए । उनीहरुले लाइब्रेरीमा प्रयाप्त किताबहरु नभएको, खेल सामाग्रीको कमि भएको, खानेपानीको ब्यबस्थापन गर्नुपर्ने, र तुलसीपुरमा भएको पुरानो कारागारमा पानि चुहिने समस्या भएको हुदाँ बस्न कठिनाइ रहेको लगायतका समस्याहरु राखेका थिए ।

यस्तै उनीहरुले कारागारभित्र सुधारिएको चुल्लो ब्यबस्थापन हुन नसक्दाँ विभिन्न स्वास्थ्य समस्याहरु झेल्नु परेको बताएका थिए । सो अवसरमा मुलुकी ऐन लागु भइसकेको अवस्थामा पनि कारागार प्रशासनमा केहि सुधार हुन नसक्नु दुखद भएको बताएका थिए । ६ महिना कैद बाकि रहेका बन्दी हरुलाई निर्माण ,सिपमुलक र उत्पादनमा लगाउनुपर्ने प्राबधान कानुनमा रहेपनि अहिले सम्म यो कानुन कार्यान्वयन हुन नसक्नु बन्दीहरुका लागि दुखको कुरा रहेको बताएका थिए । यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्यालय दाङले केन्द्रमा सिफारिस गरेको छ । यस अघि परम्परागतरुपमा चलि आएको दाउराबाट खाना पकाउने काम भइरहेको थियो, जसबाट कारागार भित्र विभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका २ वटै कारागारहरुमा दाउरा बिस्थापित गरेर ग्यास र इलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न बिभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारी दिए ।

उनका अनुसार कारागारहरुमा आबश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखित रुपमा पेश गरेर नितिगत रुपमै समाधान गर्ने तर्फ आफु लागि पर्ने समेत उनेले बताए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी आचार्यको अनुरोधमा दाङमा रहेका २ कारागारहरुमा खेल सामागीहरु हस्तान्तरण गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य सघंका पूर्वध्यक्ष बिमल रिजालले ब्यक्तिगतरुपमा खेल सामागी्र प्रदान गरे । फुटबल,भलिबल,ब्याटम्यान्टिन र नेट सहितका खेल सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी मार्फत कारागारहरुमा प्रदान गरिएको थियो । सो अबसरमा जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द,तुलसीपुर उद्योग बाणिज्य सघंका पूर्वध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दाङ का अध्यक्ष शरद रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार