दंगीशरणमा नागरीक आरोग्य सेवा केन्द्रको स्थापना

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २९ गते बुधवार

दाङ :  दंगीशरणमा नागरीक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । बुधवार दंगीशरण गाउँपालिका वडा न. ४ बैबाङ्गमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दे अध्यक्ष चौधरीले गाउँपालिकाका नागरीकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नागरीक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको बताए । उनले हरेक नागरीकबहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रोगीलाई निरोगी बनाउँने उद्धेश्यले नागरीक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको बताए । “स्वास्थ्य सेवामा एउटा ईटा थपेका छौँ यसलाई दिर्घकालीन रुपमा लैजानका लागि सबै तहका ब्यक्तित्वहरुको साथ र सहयोग हुनुपर्छ । यो यहाँका नागरीकहरुका लागि खुसीको कुरा हो किनकी जडिबुडिबाट प्रसोधन भएका औषधि सेवन गरेर सधैँका लागि रोगमुक्त हुने कुरा हो,’ उनले चौधरीले भने ।

सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले नागरीकहरुको सवास्थ्य मेडिकल औषधि भन्दा पनि आयुर्वेदिक औषधिबाट स्वस्थ हुन सकिने बताईन् । “कोभिड संग लड्नका लागि जडिबुटिबाट बनेका औषधि सेवन गर्नुपरेको छ यसले पनि प्रमाणित गर्छ कि रोग संग जितेर अगाडि बढ्नका लागि आयुर्वेदिक औषधि नै प्रयोग गर्नुपर्छ जस्तो लाग्यो ।”– उपाध्यक्ष खड्काले भनीन् । वडा न. ४ का अध्यक्ष नेव वहादुर कवँरले वडाका नागरीक मात्र नभई सबै पालिका भित्रका नागरीकहरु आरोग्य सेवा केन्द्रबाट सेवा लिन सक्ने बताए । बालबालिका देखी लिएर बृद्धबृद्धाहरुका लागि आयुर्वेद औषधिले फाईदा पुग्ने भन्दै सबैलाई सेवा लिन आग्रह गरे ।

नेपाल आयुर्वेदिक औषधि ब्यवस्थापन संघ लुम्बिनी प्रदेशका अध्यक्ष देव बस्नेतले दंगीशरण गाउापालिकामा ब्यवस्थीत तरिकाले सेवा प्रदान गर्न आग्रह गरे । “सस्ंथा मात्र खोल्नु ठुलो कुरा होईन यसलाई टिकाउानु ठुलो कुरा हो त्यसैले यसलाई अस्पतालका रुपमा अगाडि बढाउँन आवश्यक छ ।”– उनले भने । स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले एलोपेथिक औषधि भन्दा पनि आयुर्वेदिक औषधि स्वास्थयका लागि उत्तम रहेकाले दंगीशरणमा यस सेवालाई विस्तार गर्ने योजना अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार