माघी पर्वमा रमाउँदै थारु समुदाय

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २९ गते बुधवार

तुलसीपुर  : थारु समुदायहरुमा यतिबेला माघी पर्वको रौनकता छाएको छ । थारुहरुले माघी पर्व वा माघे संक्रान्तिलाई आफुहरुको नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघी पर्वलाई परापूर्व कालदेखि नै मनाउँदै आएको पर्वलाई झनै तामझामका साथ मनाउन थारु समुदायका मान्छेहरु आ–आफ्नै काम व्यस्त रहेका छन् । कतिपय मान्छे खानाका परिकारको व्यवस्थामा जुटेका छन, त केही मान्छे दुना टपरी बनाउनदेखि लिएर आफ्नो कला र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा ब्यस्त रहेका छन् । तर, परम्परागत रुपमा मनाउँदै आएको माघी पर्वमा भने विस्तारै केही खानाका परिकार, कला र संस्कृतिहरु लोप हँुदै गएको पाइन्छ । यस बर्ष झन कोरोनाको कारण गाउँमा खासै चहल पहल नभएको उनीहरुको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका ७ की निमा चौधरीले पहिलेको तुलनामा अहिले रमाइलो कम हुने गरेको बताए ।

https://www.facebook.com/onlinerapti/videos/883247122447404

पहिलो धेरै रमाइलो हुने गरेता पनि पछिल्लो समय कला संस्कृति नै हराउँदै जादाँ रमाइलो नहुने बताइन् । त्यसैगरी तुलसीपुर ७ कै थारु अगुवा छोटीलाल थारुलाई पनि पहिलेको तुलनामा अहिले विस्तारै सबै चिज हराउँदै गएको उनले बताए ।  कला संस्कृतिमा पनि पछिल्लो समय साउण्ड सिस्टमबाट नाच्दाँ र अहिले मतहवाले भनेको नलाग्ने भएकाले पनि सबै हराउँदै गएको उनले बताए । पहिले माघी पर्वको दिन बिहानै मादल बजाउँदै, गीत गाउँदै खोलामा नुहाउँन जाने र घरमा आएर मान्यजनलाई ढोक गर्ने, खाना खाने र नाचगान गर्ने चलन छ । माघीको दोस्रो दिन आफ्ना चेलिबेटीहरुको घरमा पुगेर निस्राउँ दिने गरिन्छ । पहिले चेलीबेटीहरुलाई ढकिया भरी चामल तथा तरकारीहरु दिइन्थ्यो । तर, अहिले सर समानको रुपमा पैसा दिइन्छ । माघी पर्बमा खानाको रुपमा विशेष गरेर सुंगुरको मासु, आलु, घुइयाँ, तरुल, साग, मुला, सिन्की, रोटी, सुकेको माछा, ढिग्री आदि परिकारहरु बनाइने गर्दछन् । दाङ, बाँके, बर्दियालगायत थारु बाहुल्यता रहेका माघि पर्वलाई विशेष र हर्षउल्लासको पर्वको रुपमा मनाउने चलन छ । पुराना परम्परा र संस्कृतिलाई जोगाउन पछिल्लो पुस्ताले पनि बुझ्न जरुरी देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार