मनमोहन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी मलवारले

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २८ गते मङ्गलवार

लक्ष्मण बस्नेत
दाङ  :  तुलसीपुर १५ कोठरीमा सम्पन्न तेस्रो मनमोहन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७७ को उपाधी मलवारले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न १५ को आयोजनामा संचालित प्रतियोगिताको फाइनल खेलमा कुरहरियालाई शुन्यका बिरुद्ध ४ गोलले पाखा लगाउँदै साविक बिजेता मलवारले उपाधी जितेको हो । उपाधी संगै उसले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाइनलमा पराजित कुरहरिया उपबिजेतामा समित रहदै २० हजारमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै मलवार बि टिम तृतिय भयो । उसले नगद ५ हजार जित्यो ।

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पु¥याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ९ टोलका टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अबधिभर रेफ्री को भुमिकामा एन्फा रेफ्री आदेश केसी, प्रकाश बिक र सन्तोष रेउले ररहेका थिए ।  xयसैविच प्रतियोगिताको समारोह तुलसिपुर उपमहानगरपालिका वडा न १५ का अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका संयोजक अमर नेपाली माइकलको बिशिष्ट आतिथ्यमा भएको प्रतियोगिताका संयोजक वडा न १५ का वडा सदस्य बिमल चौधरीले दिए। कार्यक्रमकको संचालन वडा सचिब अमृत दहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार