लागुऔषध, चोरी र प्रहरीलाई लुटिएको झुटो खबर गर्ने घटनामा संलग्न प्रक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २८ गते मङ्गलवार

दाङ :  जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न घटनामा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध, चोरी र प्रहरीलाई लुटिएको झुटो खबर गर्ने घटनामा संलग्न विभिन्न चार जनालाई मंगलवार प्रत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  प्रहरीले १० ग्राम लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही १५ कपासी झिंगौरामा कोठा भाडामा बस्ने २३ बर्षीय प्रकाश गिरी र घोराही १५ शुभकामना टोलका सन्तोष वली रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी गणेश चन्दले बताए । उनका अनुसार उनीहरुलाई आइतबार दिउँसो करिब ४ बजे तिर घोराही १५ झिंगौराबाट प्रक्राउ गरिएको हो ।

घोराही १५ झिंगौरामा रहेको गिरीको कोठामा लागुऔषधको कारोवार भैरहेको भन्ने गोप्य सूचनाका अधारमा गएको प्रहरीले उनीहरुलाई ब्राउन सुगरको कारोबार गर्दै गर्दा प्रक्राउ गरिएको प्रमुख चन्दले बताए । वलीको साथबाट ३ ग्राम ब्राउन सुगर, तौल गर्न प्रयोग हुने डिजिटल मेसिन एक थान र लागुऔधष ओसारपोसारमा प्रयोग भएको रा ६ प १५२७ नम्वरको पल्सर मोटरसाइकल बरामद गरिएको उनले बताए । त्यस्तै वलीको कोठा खानतलासी गर्दा लुकाइ राखेको थप ७ ग्राम ब्राउन सुगर र २४ हजार रुपैया नगद फेला परको उनले बताए ।

पक्राउ परेका २ जनामाथी आवश्यक कारबाही तथा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । यस्तै पत्रकार सम्मेलनका क्रममा जिल्ला प्रहरी कार्यलय दाङले चोरीमा संलग्न अर्का एक जनालाई सार्वजनिक गरेको छ । घोराही १७ कटुवा खोलाको प्लटिङ क्षेत्रको खुल्ला चौरबाट डिजिटल क्यामेरा र मोबाइल लुट्ने एक जनालाई सार्वजनिक गरिएको हो । घोराही १४ स्थाई ठेगाना भएका साहिद कवडियालाई उनले लुटेर क्यामेरासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख चन्दले बताए ।

त्यस्तै आफु लुटिएको भनेर प्रहरीलाई झुटो खबर गर्ने एक जनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ । आफु लुटिएको भनेर प्रहरीलाई झुटो खबर गर्ने रोल्पा सुनछहरी गाँउपालिका ६ का २५ बर्षीय हुकुम पुनलाई दाङ प्रहरीले सार्वजनिक गरेको हो । पुनले रोल्पाकै फगामका हरी पुनलाई तिर्नु पर्ने चार लाख रुपैया नतिर्ने मनसायका साथ आफु लिटिएको झुटो खबर प्रहरीलाई गरेका थिए । पैसा तिर्नु पर्ने दायित्वबाट बञ्चित हुनको लागि घोराहीको सहिद गेटबाट आफु लुटिएको भन्दै प्रहरीलाई खबर गरी अपवाह फैलाएको बुझिएको प्रहरीले बताएको छ । पुनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसधान भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै विभिन्न समयमा हराएका मोवाईल फेला पारी मोबाइल धनीलाई सम्पर्क गरी बुझाउने काम भैरहेको प्रहरीले जनाएको छ । विभिन्न ब्राण्डका १३ थान मोबाइल खोजी तथा अनुसन्धान शाखाको संक्रियतामा फेला पारिएको र मोबाईल धनीलाई बुझाउने कार्य भैरहेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख चन्दले बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार