राप्तीका चार सहकारी एकिकरण नाम देउखुरी बचत तथा ऋण सहकारी

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २८ गते मङ्गलवार


देउखुरी दाङ :  राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत भई देउखुरी बचत तथा ऋण सहकारी भएका छन् ।  गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारीलाई गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत भएको एकिकृत सहकारीका अध्यक्ष शिवध्वज मल्लले जानकारी दिए ।
गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तरराष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गरिएको एकिकृत सहकारी देउखुरी बचत तथा ऋण सहकारीका कोषाध्यक्ष हरि प्रसाद भुसालले जानकारी दिए ।

भुमि ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय मुकाम बुटवलको निर्णय अनुसार सहकारी ऐन, २०७६ को दफा १२ को उपदफा १ बमोजिम देउखुरी बचत तथा ऋण सहकारीको विधिवत रुपमा दर्ता गरिएकोे मन्त्रालयका प्रतिनिधि श्रीधर ज्ञवालीले जानकारी दिए ।  सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत भएका हुन । देउखुरी बचत तथा ऋण सहकारीक १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले साथै लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहने बताईएको छ । चार सहकारीको आर्थिक वर्ष ०७६।०७७ को असार मसान्त सम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५० महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ र जम्मा पुजी रु ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया लाई चार वटा सेवा केन्द्रहरु मार्फत व्यावस्थापन गरिएको साविक विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार