नेशनल प्याव्सन दाङद्वारा स्थापना दिवसमा रक्तदान

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २७ गते सोमवार


तुलसीपुर  :  नेशनल प्याब्सनले सोमवार आफ्नोे २३औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि देशैभर मनाएको छ । देश संघिय संरचनामा गय संगै नेशनल प्याव्सनले पालिका,जिल्ला,प्रदेश र केन्द्रमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मानाएको हो । सहजतामा मात्र हैन संकटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिकाको माझ  भन्ने मुल नाराका साथ दिवस मनाईएको छ । यता दाङमा पनि दिवसकै अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरियको छ ।

नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता , नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको विशिष्ट आतित्थ्यता एवम नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि गिरीले गुणस्तरिय शिक्षा प्रदान गर्ने दिशामा अझै कटिवद्द भएर लाग्न आग्रह गरे । अझै पनि विकट ठाउँहरुमा गुणस्तरीय शिक्षा पग्न नसकेको भन्दै गिरिले निम्म वर्गका बालबालिकाहरुलाई समेत सहज र सरल तरिकाले शिक्षा प्रदान गर्न सुझाव दिए ।

शिक्षामा मात्र ध्यान दिने शिक्षकहरु समेत रक्तदान जस्तो पुनित कार्यमा जोडियको भन्दै गरिरिले प्रशंसा गरे । सो अवसरमा बोल्दै विशिष्ट अतिथि डाँगीले नेशनल प्याव्सन गुणस्तरिय शिक्षा प्रदान गर्ने आफ्नो अहम जिम्मेवारी निर्वाह गर्दै सामाजिक सेवामा समेत लागि परेको जिकिर गरे । देशमा हुने विपदमा नेशनल प्याव्सन संग संगै रहेको स्मरण गर्दै उनले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए । त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य प्रकाश कुमार शर्माले कोभिडले गर्दा शिक्षा क्षेत्र ठुलो समस्या परेको भन्दै सबै क्षेत्रबाट सहयोको अपेक्षा गरे । नेशनल प्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन सचिव ठाकुर प्रसाद डाँगीले गर्नु गरेका थिए । उक्त अवसरमा १९ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार