बबई ६ कौशिलापुर आरोग्य सेवा केन्द्र सञ्चालनमा

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २७ गते सोमवार

हापुरे : आयुर्बेद चिकित्सा पद्धति मार्फत् उपचार गर्न बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । बबई गाउँपालिका ६ कौशिलापुरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको हो । यसअघि बबई गाउँपालिमा संघीय सरकारको सहयोगमा १५ सैयाको अस्पताल हंसपुरमा मंसिर १५ गते शिलन्याश गरिएको छ । त्यसैगरी हापुरेमा प्रदेश सरकारको सहयोगमा बिशेषज्ञ स्वास्थ्य सेवासहितको अस्पताल निर्माणको तयारी भएको छ । त्यस्तै कौशिलापुरमा प्रदेश सरकारको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।

राप्ती आयुर्बेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदनकुमार बिसीको अध्यक्षतामा केन्द्रको उद्घाटन गरिएको हो । अस्पतालको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले चिकित्सा पद्धति मार्फत् उपचारको थालनी गरेकोमा खुशी ब्यक्त गरे । संघीय र प्रदेश सरकारले अस्पताल निर्माण तथा सञ्चालनका लागि प्रयास गरेको भन्दै सेवा केन्द्र मार्फत् नागरिकले फाइदा लिनु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा कुमारी बिक, प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, वडाध्यक्ष नन्दलाल वली, नेकपाका जिल्ला सदस्य तिलकबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख हेमराज वली, नेपाली काँग्रेसका वडा सभापति डिल्लीबहादुर खड्का, स्थानीय प्रतिप केसीले बोलेका थिए । आरोग्य सेवा केन्द्रमा दुई कबिराज र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केन्द्र मार्फत् ४० प्रकारका औषधी बितरण गर्ने ब्यबस्था मिलाइएको छ । वडाध्यक्ष रामबहादुर डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डा. कैलाश न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार