राप्ती गाउँपालिका ६ मा वडास्तरिय खेलकुद प्रतियोगिता शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २७ गते सोमवार

तिर्थराज ज्ञवाली
देउखुरी दाङ : लागु पदार्थ दुर्बेसन त्यागौ खेलकुदमा लागौ भन्ने अभिप्रायका साथ राप्ती गाउँपालिका वडा नं ६ मा खेलकुद प्रतियोगीता सुरु भएको छ ।  वडा कार्यालयको यस आर्थिक वर्षको बार्षिक कार्यक्रम अनुसार माघी पर्बको आगमनको अवसरमा खेलकुद प्रतियोगीता को आयोजना गरिएको वडा सचिव मंगल प्रसाद चौधरीले जानकारी दिए ।  विगतको वर्ष जस्तै पुरुष तथा महिला भलिवल तथा फुटवल प्रतियोगीताको आयोजना गरि नयाँ खेलाडीको उत्पादन तथा क्षमता पहिचानको लागि वडाले प्रतियोगीताको आयोजना गर्दै आएको वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताए ।

सोमवार गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै खेलकुदमा लाग्ने सम्पुर्ण खेलाडी, दर्शक खेलप्रति ब्यस्त भएमा दुर्बेसनमा लाग्ने संभावना कम हुने र शारिरीक स्र्फुतिका कारण रोगबाट समेत बच्न सक्ने सम्भावना बढि हुने बताए ।  वडा नं ६ को बगरापुर, सगरापुर, भगवानपुर, पत्थरगढवा र मझेरियाँ गाउँका १५ खेल समुहको सहभागीता रहेको प्रतियोगितामा विजयी समुहलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने बताइएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार