नेपाली बजारमा आज पनि घट्यो सुन र चाँदीको मूल्य

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २७ गते सोमवार

काठमाडौँ  :  नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आइतवार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन   आइतवार प्रतितोला २३ सय रुपैयाँले घटेको सुन दोस्रो दिन सोमवार ८ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ । आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार