तुलसीपुरमा जारी खुला भलिबलको उपाधी रुकुम पश्चिमलाई

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २६ गते आइतवार


लक्ष्मण बस्नेत
दाङ :  दाङको तुलसीपुरमा जारी खुला पुरुष भलिबल प्रतियोगिता २०७७ को उपाधी जिल्ला भलिबल संघ रुकुम पश्चिमले जितेको छ । स्वतन्त्र युवा क्लब तुलसीपुरको आयोजनामा उल्लेख्य दर्शकले खचाखच भरिएको तुलसीपुर अरनिको मैदानमा संचालित प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल नं. ५ बाहिनी लाई २५(२३/२५(१८ /२५ (१५० को सोझो सेटमा पाखा लगाउदै जिल्ला भलिबल संघ रुकुम पश्चि ले उपाधी जितेको हो । उपाधी संगै उसले नगद ५० हजार,ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै फाइनलमा पराजित सशस्त्र प्रहरी बल नं ५ बाहिनी उपबिजेतामा समित रहदै २५ हजारमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै डि.बि. फेसन गार्मेट तृतिय भयो । उसले नगद १५ हजार जित्यो । स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पु¥याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा राष्ट्रि रेफ्री हरिश ओली र भलिबलका सहायक प्रशिक्षक भिम डाँगी,स्कोररमा टेवल टेनिसका सहायक प्रशिक्षक केशब प्रसाद श्रेष्ठ, भानु घर्ती लगाएत रहेका थिए ।

यसैविच प्रतियोगिताको समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता तथा नेपाली कांग्रेस यातायात बिभाग केन्द्रीय सदस्य सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका संयोजक अमर नेपाली (माइकल) को बिशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सशस्त्र प्रहरी बलका खेलाडी ललित थापा मगर बेष्ट लिब्रो, रुकुम पश्चिमका सुजन चोखाल बेष्ट सेटर र सुस्ता गाउँपालिका नवलपरासी सुरेन्द्र गुरौं बेष्ट स्पाकर घोषित भए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार