राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्ने : मुख्यमन्त्री पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २६ गते आइतवार

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सिटी स्क्यान सेवा र क्वार्टर भवन एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उक्त भवनको उद्घाटन गर्दै अस्पताल जस्तो क्षेत्रको जमिन अतिक्रमनमा पर्नु भनेको दुखद कुरा हो र सबै नागरिक र समाजहरुले अतिक्रमणबाट हटाउने कुरामा सहयोग गर्न आग्रह गरेका छन् । साथै राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालकारुपमा विकास गर्न प्रदेश सरकारले परियोजना तयार गरेको समेत बताए । राप्ती प्रादेशिक विशेषज्ञ अस्पताल कस्तो बनाउने भन्ने विषयमा कम्तिमा पनि बिस वर्षपछिको आवश्यकता, सेवालाई हेरेर योजना बनाउन सुझाव दिएका छन् ।

यहाँ आउने बिरामीहरुलाई कस्तो सेवा दिने र बिरामीहरुलाई सन्तुष्टिले नै चिकित्सकको क्षमतामा सहयोग पुर्याउने कुरामा मुख्यमन्त्री पोखरेलल जोड दिए । मुख्यमन्त्री पोखरेलले उपकरण र चिकित्सक हुँदाहुदै पनि उपचारमा आएका बिरामीलाई रिफर गर्ने गरेको गुनासाहरु आउने गरेको बताउदै रिफर गर्ने कार्यलाई रोकी त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन अस्पताल विकास समितिलाई आग्रह गरेका छन् । साथै अस्पताललाई कसरी विकास गर्ने भन्ने विषयमा पनि यहाँका जिम्मेवार चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिलाई यही वर्षदेखि मास्टर प्लान बनाउन आग्रह गरेका छन् । सो उद्घाटन कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले राप्ती प्रादेशिक अस्पतालको विकाससंगै लुम्बिनी प्रदेशका र कर्णाली प्रदेशका जनताले सहज रुपमा सेवा पाएको बताउदै आइसियु सेवा संचालनका लागि तुलसीपुर उपमहागनरपालिकाले भवन निर्माणको काम सुरु गरेको बताए । ‘ तुलसीपुर उमहानगरपालिकालाई स्वास्थ्य सेवाको हबका रुपमा विकास गर्ने दिर्घकालिन सोच छ,’ उनले भने,‘ यो अस्पतालमा आइसियु सेवा संचालन गर्न उपमहानगरले  भवन निर्माणको लागि प्रक्रिया अगाडी बढाएका छौँ । यहि आर्थिक बर्षदेखि आइसियु सेवा सुचारु गर्ने योजनामा छौँ ।’ त्यसैगरी  अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. विनोद सिंहले  अहिले २ सय वेडको  भएता पनि आगामी दिनमा ६ सय बेडको बनाउने उद्देय अनुरुप काम गरिरहेको बताए ।  साथै, उनले   अस्पतालका लागि थप भौतिक तथा जनशक्तिको लागि प्रदेश सरकारले सहयोग गर्नु पर्ने धारणा  राखे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार